२६ असार २०८३, शुक्रबार

एसिया कप छनोट : नेपाल शीर्ष स्थानको थाइल्याण्डसँग खेल्दै

एसिया कप छनोट : नेपाल शीर्ष स्थानको थाइल्याण्डसँग खेल्दै

काठमाडौं– मलेसियामा जारी आईसीसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा नेपालले आज थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । खेल बायुमास ओभलमा नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा शुरु हुनेछ ।   

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसंग खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो । 
 
थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल तेस्रो जितको खोजीमा हुनेछ । थाइल्यान्ड अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । थाइल्यान्डले ३ खेलमध्ये २ खेलमा र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको हो । २ खेलमा शतप्रतिशत जित हात पारेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्