काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसको बैठक बस्न लागेको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि गत असोज १९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।