३० असार २०८३, मंगलबार

डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रामक, बीबीसी लगायतका पत्रकारलाई प्रवेशमा रोक

कात्तिक २०, २०७४
डोनाल्ड ट्रम्प मिडियाप्रति आक्रामक, बीबीसी लगायतका पत्रकारलाई प्रवेशमा रोक
काठमाडौं, १४ फागुन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एक पटक सञ्चारमाध्यम माथि खनिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमार्फत बीबीसी, सीएनएन, न्यूयोर्क टाइम्स लगायतलाई फेक न्यूज मिडिया भन्दै आलोचना गरेका हुन्।

यसका साथै अमेरिकी राष्ट्रपति भवन ह्वाट हाउसमा भएको पत्रकार सम्मेलनमा समेत बीबीसी, सीएनएन, न्यूयोर्क टाइम्स लगायत मिडियाहरुलाई प्रवेशमा रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

ट्रम्पका प्रेस सचिव सिन स्पाइसरले ती मिडियालाई प्रवेश नदिनुको कुनै कारण बताएका छैनन्। ट्रम्पले पत्रकार सम्मेलनमा सीएनएन र बीबीसीप्रति आक्रोस पोख्दै जनताको शत्रु र फेक न्यूज मिडियाको संज्ञा दिएका छन्।

ट्रम्पले गरेको पत्रकार सम्मेलन रुसका वौद्धिक व्यक्तित्वसँगको भेटघाटबारे जानकारी दिन ह्वाइटहाउसमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्