३१ असार २०८३, बुधबार

ओलीजी र मैले पनि किताब लेख्नु पर्ने भयो– प्रचण्ड

ओलीजी र मैले पनि किताब लेख्नु पर्ने भयो– प्रचण्ड

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतियार विसाएर शान्तिपूर्ण राजनीतिमा आउने आफ्नो निर्णय सही भएको बताएका छन् । 

पत्रकार शुभशंकर कडेलले लेखेको पुस्तक ‘अवतरण’ विमोचन कार्यक्रममा प्रचण्डले राजनीतिक नेतृत्वले खास बेलामा खास निर्णय गर्नुपर्ने भन्दै आफूले हतियार विसाएर शान्तिप्रकृयामा आउने निर्णय गरेको बताए । 

शान्ति प्रकृयामा सात राजनीतिक दल नेपाली कांग्रेसका तत्कालिन सभापति स्व. गिरिजाप्रसाद कोइरालाको भूमिकालाई विर्सन नहुने बताए । 

‘गिरिजा प्रसादको भूमिकालाई शान्ति प्रकृयामा महत्वपूर्ण थियो, उहाँलाई विर्सन हुँदैन’ प्रचण्डले भने ।

अभिभावकको रुपमा गिरिजाले आफूलाई धेरैपटक सम्झाएको बताए । 

युद्धका क्रममा बाँदरमुढे लगायतका घटना गल्ती भएको भन्दै प्रचण्डले शान्ती प्रकृयामा आएपछि पनि केही कमजोरी भएको बताए । 

‘गिरिजालाई राष्ट्रपति नबनाउनु कमजोरी र हाम्रो अपरिपक्वता थियो,उनले भने‘त्यसो गर्न सकिएको भए पहिलो संविधानसभाबाट नै संविधान जारी हुन्थ्यो ।’

शान्ति प्रकृया, दलहरुको एकता लगायतका विषयमा धेरै कितावहरु निक्लन थालेपछि प्रचण्डले आफूले नै लेखेर यसबारेमा प्रस्ट पार्ने बताए । 

‘ओली जी र मैले पनि किताव लेख्न बाँकी रह्यो अब लेखेपछि सबै विषय प्रस्ट हुन्छ’ प्रचण्डले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्