२६ असार २०८३, शुक्रबार

साधुहरुको भेलामा शान्तशैलीमा के- के भने केपी ओलीले ?

कात्तिक २०, २०७४
साधुहरुको भेलामा शान्तशैलीमा के- के भने केपी ओलीले ?

हेटौँडा, १४ फागुन - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताएका छन् ।Oli

नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्सङ्ग महोत्सवको आज हेटाँैडामा समापन गर्दै उनले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सतसङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उने भने –“समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।”

कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताए ।

दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलङ्काका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्