२८ असार २०८३, आइतबार

आईआईएमएस कलेजमा दशै फूड फेस्टिवल

आईआईएमएस कलेजमा दशै फूड फेस्टिवल

काठमाडौं – आईआईएमएस कलेजले फूड फेस्टिवल सम्पन्न गरेको छ ।

कलेजले प्रत्येक वर्ष आयोजना गर्दै आएको दशैं कार्निभल तथा नेपाल फूड फेस्टिभलको यस वर्ष भने युनिटिङ नेपाल थ्राउट अ प्लेट’ भन्ने नाराका साथ अयोजना गरिएको थियो । 

भृकुटीमण्डप काठमाडौंमा आयोजित फेस्टिवलमा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनलाई समावेश गराइनुका साथै विभिन्न स्टलबाट विविध मनोरञ्जक खेल खेलाइएको थियो । फूड स्टलमा राखिएका परिकारमध्ये तराईको भक्का, नेवारी खाजा, दुप्का, सुदूरपश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकको उल्लेख्य घुँइचो देखिन्थ्यो ।

कार्यक्रममा दुर्गा नाच, कुमारी नाच, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच लगायतका परम्परापरागत नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी, कलेजका विद्यार्थीले विविध सांगीतिक प्रस्तुति पनि पस्किएका थिए ।
कार्यक्रममा विद्यार्थीद्वारा नेपालका विभिन्न जनजातिका संस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चर रम्प वाक समेत गरेका थिए । 

फेस्टिवलको आखिरी सत्रमा केन्जल एण्ड व्याण्ड तथा मंकी टेम्पल व्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । जसले ठूलो संख्यामा बिहानैदेखि उपस्थित भीडलाई थप उर्जा दिँदै सांगीतिक माहोललाई नयाँ उचाईमा पुर्याएको थियो । 

फेस्टिबलमा काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामविर मानन्धरको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागीले फेस्टिबल परम्परा र आधुनिकताको एक सफल समिश्रण रहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्