३१ असार २०८३, बुधबार

परराष्ट्रमन्त्री किन जाँदैछन् स्विट्जरल्यान्ड ?

कात्तिक २०, २०७४
परराष्ट्रमन्त्री किन जाँदैछन् स्विट्जरल्यान्ड ?

काठमाडौँ, १४ फागुन - परराष्ट्रमन्त्री डा प्रकाशशरण महत संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति स्विट्जरल्यान्डको जिनेभा प्रस्थान गर्दै छन् ।prakash sharan

यही फागुन १६ गतेदेखि २० गतेसम्म हुने उक्त बैठकलाई मन्त्री महतले फागुन १७ गते सम्बोधन गर्नुका साथै आगामी कात्तिक÷मङ्सिरमा परिषद् सदस्यका लागि न्युयोर्कमा हुने निर्वाचनमा नेपालको उम्मेदवारीबारे जानकारी गराउँदै सदस्य मुलुकसँग समर्थनको आग्रह गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१८ देखि २०२० सम्मका लागि परिषद् सदस्यको निर्वाचन हुन लागेको हो ।

मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणका क्रममा उनले स्विट्जरल्यान्ड र कजाकस्तानका विदेशमन्त्री, अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकाससम्बन्धी मन्त्री तथा पाकिस्तानका सङ्घीय कानुन तथा न्यायमन्त्रीसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

त्यसैगरी मन्त्री महतले शरणार्थीसम्बन्धी राष्ट्रसङ्घका उच्चायुक्त, मानवअधिकार उच्चायुक्त र विश्व वौद्धिक सम्पत्ति सङ्गठनका महानिर्देशकसँग पनि छुट्टाछुट्टै भेट गर्नेछन् | नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीका साथै जिनेभास्थित नेपाली नियोगका राजदूतसहितका अधिकृत रहनेछन् । मन्त्री महत नेतृत्वको प्रतिनिधिमण्डल यही फागुन २१ गते शनिबार स्वदेश फर्कनेछ ।

salt training

कमेन्ट गर्नुहोस्