२७ असार २०८३, शनिबार

कोक्रोबाट खस्दा बालकको मृत्यु, हराएकी अर्की बालिका पनि मृत भेटिइन्

कात्तिक २०, २०७४
कोक्रोबाट खस्दा बालकको मृत्यु, हराएकी अर्की बालिका पनि मृत भेटिइन्


इनरुवा, १४ फागुन - सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ ।

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले जनाएको छ ।


यस्तै सुनसरीको चाँदबेला गाविसबाट हराएकी एक बालिका आज मृतवस्थामा फेला परेकी छन् ।

यही फागुन १२ गते बिहीबार चाँदबेला–९ का रामपुकार मोडियारीका ११ वर्षीया छोरी अमिताकुमारी मोडियारी स्थानीयवासीको विवाहमा गएको र फर्केर नआएपछि खोज्दै जाँदा मृतावस्थामा भेटिएको जिप्रका सुनसरीले जनाएको छ ।

स्थानीयवासी बुदे मोडियारी र रञ्जित मोडियारीको छोराछोरीको विवाहमा राति गएको र घर फर्की नआएपछि खोजी गर्दा आज बिहान मृतावस्थामा फेला परेको हो ।

अमिताको घरदेखि ३०० मिटर दक्षिणमा रहेको पानी जाने पैनीको ह्युमपाइपभित्र शङ्कास्पद अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको हत्या गरेको स्थानीयवासी र प्रहरीले आशङ्का गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्