२१ असार २०८३, आइतबार

अमेरिकाको न्युयोर्कमा दुई कार जुध्दा २० जनाको मृत्यु

अमेरिकाको न्युयोर्कमा दुई कार जुध्दा २० जनाको मृत्यु

काठमाडौं — अमेरिकाको न्युयोर्क राज्यमा दुई कार जुध्दा २० जनाको मृत्यु भएको छ । 

एउटा जन्मदिनको कार्यक्रममा जान लागेका अनेकौं जोडी चढेको लिमूजिन न्युयोर्कस्थित एक दोबाटोमा रोकिएन र रोकिराखेको अर्को गाडीसँग ठोक्किन पुग्यो । 

अमेरिकामा एक दशकयताको यो सबभन्दा ठूलो यातायात दुर्घटना हो । 

फोर्ड एक्सकर्सन लिमो राउट ३० मा गुडिरहेको थियो र इन्टरसेक्सनमा नरोकिएर रोकिराखेको एसयूभीमा ठोक्किएको थियो । स्थानीय समयअनुसार शनिवार दिउँसो २ बजे दुर्घटना भएको थियो ।

लिमोमा चढेका सबै १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रोकिराखेको टोयोटा हाईल्यान्डरनजिक रहेका दुई पैदलयात्री पनि दुर्घटनामा मारिएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्