
पोखरा–बलात्कारपछि हत्या गरिएकी श्रेया विकको परिवारलाई कास्की प्रहरीले आफूले सम्मानसहित पाएको नगद हस्तान्तरण गरेको छ । किराँत सेवा समाज कास्कीले कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिबार सम्मान गरेको थियो ।
कास्की प्रहरी प्रमुख ओमबहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीलाई नगदसहित सम्मान गरिएको थियो ।
सोमबार श्रेयाको घरमा पुगी गण्डकी प्रदेशसभाका सदस्य राजीव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर वुढा, कास्की प्रहरी प्रमुख मगरलगायतले सम्मानस्वरुप प्राप्त रु २० हजार आज श्रेयाकी आमा बेलकुमारीलाई हस्तान्तरण गरे ।