१४ असार २०८३, आइतबार

प्रहरीसमक्ष नानाविरुद्ध उजुरी गरेपछि महिला आयोग पनि पुगिन् तनुश्री

प्रहरीसमक्ष नानाविरुद्ध उजुरी गरेपछि महिला आयोग पनि पुगिन् तनुश्री

काठमाडौं — बलिउड अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरविरुद्ध प्रहरीमा उजुरी गरेपछि महाराष्ट्र राज्य महिला आयोगमा पनि उजुरी दिएकी छन् । 

तनुश्रीले इन्यिन पिनल कोडका धाराअन्तर्गत नाना, गणेश आचार्य, सामी सिद्दीकी, राकेश सारंगविरुद्ध उजुरी दर्ता गराएकी हुन् । सम्पत्ति तोडफोड र धम्कीका लागि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताहरूविरुद्ध उनले
सीआरपीसीको धारा १५४ अन्तर्गत उजुरी दर्ता गराएकी छन् । 

तनुश्रीले सन् २००८ मा भएको घटनाको सांगोपांग वर्णन गरेर उजुरी दर्ता गराएकी हुन् । पहिला उजुरी दिँदा प्रहरीले आफूले भनेअनुसारको बयान नलेखेर तोडमरोड गरेको उनको आरोप छ । अनि उजुरी मराठी भाषामा लेखिएको
थियो जबकि उनी र उनका पितालाई मराठी नआउने उनको भनाइ छ । 

कानूनी कारवाहीको खबर आएपछि नानाले घरमै मिडिया बोलाएर कुराकानी गरेका छन् । उनले भने, ‘दश वर्षअघि जे साँचो थियो, अहिले पनि कुरा त्यही हो । मैले जे भन्नुपर्ने थियो, भनें । धन्यवाद । मेरा वकिलले कसैसँग पनि कुरा
नगर्नू भनेका छन् । नत्र त म तपाईंहरूसँग भेटघाट गरिरहेकै हुन्छु । मलाई भेट्न कुनै समस्या छैन । धन्यवाद ।’ 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्