
काठमाडौं – ग्लोबल आईएमई बंैक लिमिटेड र कास्कीको पोखरा महानगरपालिका–२६ बुढीबजारस्थित लेखनाथ सिटी हस्पिटल प्रालिबीच बंैकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजना ल्याइरहेको छ ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ३८ एटीएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय ३ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।