०२ असार २०८३, मंगलबार

१४ वर्षीया  छोरी ‘वलात्कार’ आरोपमा बाबु पक्राउ

असोज २४, २०७५
१४ वर्षीया  छोरी ‘वलात्कार’ आरोपमा बाबु पक्राउ

रोल्पा– बलात्कार आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया छोरीमाथि पटक–पटक करणी आरोपमा मंगलबार ४३ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि बाबुलाई नियन्त्रणमा लिइएको छ,’ प्रहरी निरीक्षक सुदर्शन पन्थीले भने । प्रहरीका अनुसार आमाको मृत्यु भएको केही समयपछि जबरजस्ती करणी सुरु गरेको ती किशोरीले उजुरीमा भनेकी छन् । डर त्रास देखाएर पटक–पटक आफूमाथि जबरजस्ती गर्दै आएको उनको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्