०७ असार २०८३, आइतबार

बाबुबाटैै छोरी पटक–पटक वलात्कृत

बाबुबाटैै छोरी पटक–पटक वलात्कृत

रोल्पा- रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् । 

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भने। 

पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताइन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्