२४ असार २०८३, बुधबार

बंगलादेशकी प्रधानमन्त्रीमाथि ग्रिनेड हानेको प्रमाणित भएपछि पूर्वप्रधानमन्त्रीका छोरालाई आजीवन कारावास

बंगलादेशकी प्रधानमन्त्रीमाथि ग्रिनेड हानेको प्रमाणित भएपछि पूर्वप्रधानमन्त्रीका छोरालाई आजीवन कारावास

काठमाडौं — बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको निर्वाचन र्‍यालीमा ग्रिनेड प्रहार गरेको घटनामा अदालतले बुधवार फैसला सुनाएको छ । 

पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरेको छ । अदालतले तारिक समेत १९ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । अन्य १९ जनालाई मृत्युदण्ड दिइएको छ । 

मृत्युदण्ड पाउनेमा पूर्व गृह राज्यमन्त्री लुत्फोजमान बाबर पनि छन् । रहमान हाल लन्डनमा छन् । बेलायती अधिकारीहरूले उनको बारेमा जानकारी दिन अस्वीकार गरेका छन् । अदालतले उनलाई फरार घोषित गरेको छ । 

शेख हसीनाको र्‍यालीमा सन् २००४ अगस्ट २१ मा ग्रिनेड आक्रमण भएको थियो । त्यसमा परी २४ जनाको मृत्यु भएको थियो । हसीना समेत ५०० जना घाइते भएका थिए । 

ढाकाको फास्ट ट्य्राक न्यायाधिकरणका न्यायाधीश शाहिद  नुरूद्दीनले १८ अन्य दोषीसँगै तारिकलाई पनि कारागार पठाउन आदेश दिएका छन् । 

भ्रष्टाचारको एक मुद्दामा खालिदा जिया पाँच वर्षको कारावास सजाय काटिरहेकी छन् । उनलाई ग्रिनेड आक्रमणको आरोपित बनाइएको छैन ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्