त्रिविका कुल ६० क्याम्पसमध्ये २१ वटा क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको छ । त्रिविका शिक्षाध्यक्ष सुधा त्रिपाठीले काठमाडौँ उपत्यकाका केही क्याम्पसमा मात्रै मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।
अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले तालाबन्दी गरेको छ । नेत्रविक्रम चन्द निकटको अखिल (क्रान्तिकारी)ले पनि विभिन्न क्याम्पसमा अवरोध गरेका कारण मनोनयन दर्ता हुन नसकेको जनाइएको छ ।

सबै विद्यार्थी सङ्गठनको सहमतिमा त्रिविले तय गरेको कार्यतालिका अनुसार निर्वाचन हुन लागेको थियो । अधिकांश क्याम्पसमा अवरोध भएपछि अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले भने त्यसको विरोध गरेका छन् ।
मनोनयनकै विषयलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा आज अनेरास्ववियु र नेवि सङ्घबीच झडपसमेत भएको थियो । रासस