०२ असार २०८३, मंगलबार

बलात्कारमा मिल्न दबाब, २ बिघा खेत र ५ लाख नगद दिने प्रलोभन

असोज २५, २०७५
बलात्कारमा मिल्न दबाब, २ बिघा खेत र ५ लाख नगद दिने प्रलोभन

 कपिलवस्तु– बलात्कारमा संलग्नले पीडितलाई २ बिघा खेत र ५ लाख नगदको प्रलोभन देखाउँदै मिलापत्रका लागि बारम्बार दबाब दिएको खुलासा भएको छ । धम्की र दबाब थेग्न नसकेपछि पीडित युवती गाउँ छाडेर परिवारसहित सदरमुकाम आई पत्रकार सम्मेलन गरेकी छन् ।


शिवराज नगरपालिकाकी ती युवती साताअघि बलात्कृत भएकी थिइन् । प्रहरी प्रशासनले अझै मुख्य आरोपी पक्राउ गरेको छैन । ‘बरु विभिन्न किसिमका लोभ देखाइएको छ, गाउँघरका धेरै व्यक्ति फकाउन आइरहेका छन्,’ युवतीले भनिन् । उनले दोषीलाई कारबाही गर्नुुपर्ने अडान लिएकी छन् । असोज १७ साँझ घरअगाडि धारामा भाँडा माझिरहेकी युवतीलाई स्थानीय रहेमान र जयफुल्ला गदीले खेतमा पुर्‍याएर करणी गरेको आरोप छ ।  कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्