०१ साउन २०८३, शुक्रबार

नौबीसे–नागढुंगामा मालवाहक सवारी चलाउन रोक लगाइयो

असोज २५, २०७५
नौबीसे–नागढुंगामा मालवाहक सवारी चलाउन रोक लगाइयो

धादिङ –चाडबाडका बेला अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ । 
एक सातासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताए ।

चाडपपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो ।
 यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ ।कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्