०८ असार २०८३, सोमबार

पत्रकार खशोग्गीलाई बेपत्ता बनाउने टोलीको विवरण सार्वजनिक

पत्रकार खशोग्गीलाई बेपत्ता बनाउने टोलीको विवरण सार्वजनिक

काठमाडौं — साउदी अरबको विशेष दस्ताका अधिकारी, जासूसी अधिकारी, राष्ट्रिय गार्ड र फोरेन्सिक विज्ञहरू सहितको १५ जनाको टोलीले पत्रकार जमाल खशोग्गीलाई बेपत्ता पारेको विवरण सार्वजनिक भएको छ । साउदी

शासनका कट्टर आलोचक खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित वाणिज्य दूतावासबाट असोज १६ गते बेपत्ता बनाइएको थियो । 

टर्कीका सञ्चारमाध्यमहरूलाई लीक गरिएका उडान विवरणबाट यो टोलीका कुराहरू थाहा भएको हो । केही आरोपितहरूका सामाजिक सञ्जाल प्रोफाइल हेर्दा तिनीहरू साउदी सुरक्षा संयन्त्रका उच्च तहका अधिकारीहरूसँग सम्बन्ध रहेको देखिन्छ । 

उता अनुसन्धानकर्ताहरूले साउदी वाणिज्यदूतको घरको भूमिगत गराजमा ध्यान दिएका छन् । त्यहाँबाट कारहरूले खशोग्गीलाई हालेर लगेको विश्वास गरिएको छ ।

यसैबीच २२ जना अमेरिकी सिनेटरहरूले बुधवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्र लेखेर खशोग्गीको बेपत्ताका सम्बन्धमा अनुसन्धान र मानवअधिकार प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । 

पत्रमा सिनेटरहरूले ग्लोबल म्याग्नित्स्की मानवअधिकार जवाफदेहिता ऐनको एक प्रावधानलाई जगाएको बताए जसले विदेशी नागरिक मानवअधिकारको जघन्य उल्लंघनमा जिम्मेवार रहेको सुनिश्चित गर्न राष्ट्रपतिले पहल गर्नुपर्ने हुन्छ । 

टर्कीका अधिकारीहरू खशोग्गीलाई त्यही टोलीले वाणिज्य दूतावास भवनमा मारेकोमा विश्वस्त छन् । सीसीटीभी फूटेजबाट उनीहरू यसमा विश्वस्त भएका हुन् र त्यो फूटेज अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

द गार्डियनबाट 
 

salt training

कमेन्ट गर्नुहोस्