१३ असार २०८३, शनिबार

दसैंको मुखमा हजारौं  प्रदेश कर्मचारी बेखर्ची

असोज २६, २०७५
दसैंको मुखमा हजारौं  प्रदेश कर्मचारी बेखर्ची

काठमाडौं– प्रदेश सरकारमातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।


प्रदेशमातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश अधिकारीले कामकाज र बजेटको अख्तियारी नै नआएको बताए । ‘दसैंमा समेत तलब नपाउँदा कर्मचारीलाई समस्या छ,’ उनले भने ।


सबैजसो प्रदेशमा कार्यालय प्रमुखहरूले दैनिक कामको अख्तियारी पाएका छैनन् । यसै कारण उनीहरूले आफू र मातहत कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा खबर  छ । 

salt training

कमेन्ट गर्नुहोस्