
काठमाडौं – नुवाकोटमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । करीब ३० जना घाइते भएका छन् ।
नुवाकोटकै खरानीटारबाट काठमाडौं आउँदै गरेको बा१ख ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीखोलामा दुर्घटनामा परेको नुवाकोट प्रहरी प्रमुख एसपी वसन्त कुंवरले जानकारी दिए ।
मृतककाे पहिचान हुन सकेकाे छैन । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।
विस्तृत केहीबेरमा...