२५ असार २०८३, बिहीबार

माग्ने बुढाले फेसबुकबाट एक बिटो रिचार्ज कार्ड बाँडेपछि...

माग्ने बुढाले फेसबुकबाट एक बिटो रिचार्ज कार्ड बाँडेपछि...

काठमाडौं–हास्यकलाकार केदार घिमिरे(माग्ने बुढा) ले दशैंको अवसरमा बालबालिकालाई चङ्गा किनिदिनका लागि भन्दै रिचार्जकार्ड वितरण गरेका छन् । 

शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै माग्ने बुढाले आफूले अभिनय गरेको फिल्म छक्का पञ्जा ३ सफल भएको र दर्शहरुको भीड फिल्महलसम्म पुगेको भन्दै चंगा किन्नका लागि रिचार्ज कार्ड वितरण गरेका हुन् । 

‘फिल्म हेर्दा पैसा सकिए होला बालबच्चालाई रिचार्ज गराइदिनु होला’ भन्दै माग्ने बुढाले लाइभमा एनटिसी र एनसेलका केही रिचार्ज कार्डको नम्बर भनेका थिए । जसलाई उनको लाइभ हेरिरहेका दर्शकले रिचार्ज गरेका थिए । 

फिल्म हलमा दर्शकको बाक्लो उपस्थिति भएपछि आफू उत्साही भएको उनले बताएका छन् । हलहरुम दर्शहरुसँग पुग्दै गर्दा घर फर्कन निकै ढिला हुने गरेको उनको भनाइ छ । जसका कारण चिसोले आफूलाई सताएको माग्ने बुढाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्