२० असार २०८३, शनिबार

रेखाको ʻमालिकाʼलाई युनिभर्सल सर्टिफिकेट, सबै उमेर समूहले हेर्न मिल्ने

रेखाको ʻमालिकाʼलाई युनिभर्सल सर्टिफिकेट, सबै उमेर समूहले हेर्न मिल्ने

काठमाडौं। रेखा थापाको अभिनय तथा निर्देशन रहेको चलचित्र ‘मालिका’ सेन्सर पास भएको छ । चलचित्रलाई सेन्सर वोर्डले युनिर्भसल प्रमाण पत्र उपलब्ध गराएको छ ।

बाल विवाह विरुद्धको आवाज उठाउने चलचित्र तिहारलाई लक्षित गरि कात्तिक १६  गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ । सेन्सर बोर्डले ‘मालिका’लाई युनिर्भसल सर्टिफिकेट दिएसंगै यो चलचित्र सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् । चलचित्रमा रेखासँगै जाजरकोटटी चौध वर्षिय बालिका कमला वली मुख्य भूमिकामा छन् ।

चलचित्रमा रेखा र नरबहादुर कार्कीको कथा, शिवम अधिकारीको पटकथा छ । चलचित्रको निर्मातामा सरस्वति थापा र कार्यकारी निर्मातामा नर कार्की रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्