०२ साउन २०८३, शनिबार

सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

सिन्धुली बस दुर्घटना, मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

काठमाडौं– काठमाडौंको सुनकोशी गाउँपालिका–५ को मुलकोटमा भएको यात्रु बस दुर्घटनमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

मृत्यु हुनेमा बसका चालक सिन्धुलीको मरिणका राजकुमार लामा उनका भाई अनिल लामा र सिन्धुलीको सुनकोशी गाउँपालिकाका रबि खड्का छन् ।  

काठमाडौंबाट यात्रु बोकेर सिन्धुलीको मरिन पुगेको ना ६ ख ९१२ नम्बरको बस फर्किने क्रममा रिठ्ठेभिर भन्ने स्थानबाट सुनकोशी नदीमा खसेको थियो । 

यात्रुमा ६ जना यात्रु रहेको जनाइएको छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्