
काठमाडौं–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव सरकारले गति लिने बताएका छन् ।
कामको गतिलाई तिव्रता दिने विषमा सरकार र पार्टी गम्भीर हरेको भन्दै प्रचण्डले समिक्षा गर्दै अघि बढ्ने बताएका हुन् ।
शुक्रवार ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले जनताले तत्काल राहत खोजेको भन्दै त्यसमा भने सरकार सफल नभएको बताए । तर दीर्घकालिन महत्वका विषयमा भने सरकारले काम गरिरहेको उनले बताए ।
जनातले महसुस गर्ने गरि छिटो भन्दा छिटो काम गर्ने दिशामा आफूहरु अघि बढिरहेको उनको भनाइ छ ।
सरकारले राम्रो काम गरिरहेको भएपनि प्रतिक्रियावादीहरुले त्यसलाई नरुचाएको र गलत प्रचार गरिरहेको प्रचण्डको भनाइ थियो ।
उनले नेपालमा कम्युनिष्ट पार्टी एकता भएको केही शक्ति र प्रतिक्रियावादीलाई मन नपरेको र त्यसलाई भत्काउन सक्रिय रहेको बताए । उनले पार्टी एकतालाई सदुपयोग गर्दै अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रियावादीहरुले कम्युनिस्ट एकतालाई तोड्न सकिन्छ कि भन्दै प्रयास गरिरहेका भन्दै प्रचण्डले भने,‘सरकारलाई कमजोर बनाउन खोजिरहेका छन् । तिलजस्तो कुरालाई पहाड बनाउन खोजिरहेका छन् ।’