२९ असार २०८३, सोमबार

जम्मा नौ कक्षा पास, कमाइ लाखौंमा, काम भान्से

कात्तिक २०, २०७४
जम्मा नौ कक्षा पास, कमाइ लाखौंमा, काम भान्से
काठमाडौं, १५ फागुन — सेतो कुर्ता, धोती, जुत्ता, टाउकोमा रातो फेटा र हातमा डण्डा । यसो हेर्दा त ७८ वर्षीय पुनमचन्द अक्लिंग्दासोत गोठालो जस्ता देखिन्छन् ।


हुन पनि उनी गोठाला नै हुन् । कैयौं वर्षदेखि उनी आफूले पालेका पशुलाई दिनदिनै जंगल चराउन लग्छन् ।

तर यिनै पुनमचन्दले भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकर र रिलायन्स समूहका संस्थापक धीरुभाइ अम्बानीको घरमा भान्से काम गर्थे ।

सन् १९९७ मा लताको घर छोडेर उनी अम्बानी परिवारको लागि खाना पकाउन शुरु गरे । अनि दश वर्षसम्म धीरुभाइ, कोकिलाबेन र उनीहरूको सन्तानको परिवारका लागि मुम्बईस्थित घरमा खाना पकाएर बसे ।

पुनमचन्द प्राथमिक कक्षाहरू पढेपछि कहिल्यै विद्यालय गएनन् । किशोर अवस्थामा नै मुम्बई पुगेका उनी सन् २००७ मा अम्बानीको घरबाट सेवानिवृत्त भए । राजस्थानको मिनार गाउँमा रहेको आफ्नो पुरानै घरमा फर्किए उनी ।

मिनार गाउँमा पुनमचन्द जस्ता धेरै भान्सेहरू अर्बपति व्यापारी र हिन्दी फिल्मका कलाकारहरूकहाँ काम गर्छन् ।
तीमध्येका एक यशवन्त मेनारियाले धनी हिन्दुजा व्यापारीहरूको लन्डनस्थित घरमा भान्सेको काम गर्छन् । उनको मासिक आम्दानी दुई लाख रुपैयाँ छ । अनि त्यसमाथि बस्न, खान र घुम्न सित्तैमा पाउँछन् ।

यशवन्त पनि स्कूल छोडेर हिँडेका मानिस हुन् र उनले १४ वर्षको हुँदै एक बहुराष्ट्रिय कम्पनीको क्यान्टीनको ठेक्का लिएका थिए ।

उनका अन्य साथी पुण्यशंकर मेनारिया, भेरुलाल मेनारिया र नारायणलाल मेनारिया बेल्जियममा कूकको काम गर्छन् र लाखौं कमाउँछन् ।

नारायणलालको तलब लगभग दुई लाख रुपैयाँ छ ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्