
काठमाडौं, १६ मंसिर — अमेरिकाको न्युयोर्कमा एकजनाले ट्रकबाट बाल्टिनभरि सुन बोकेर बेपत्ता भएको छ । लगभग १६ लाख डलर बराबरको सम्पत्ति बोकेर उक्त व्यक्ति भाग्न सफल भएको थियो ।

प्रहरीले उक्त व्यक्तिलाई खोजिरहेको छ र खोजका लागि तस्वीर र भिडियो पनि सार्वजनिक गरेको छ । गत मंगलवार उक्त चोरी भएको थियो र त्यसको भिडियो सीसीटीभी क्यामरामा कैद भएको थियो ।
उक्त व्यक्ति ट्रकनजिक हल्लिरहेको देखिन्थ्यो र सुरक्षागार्डहरूको ध्यान अन्यत्रै गएको बेलामा १९ लिटरको बाल्टिन बोकेर चम्पत भएको थियो ।
हरियो लुगा लगाएको उक्त व्यक्तिले मुश्किलले सुन बोकेर भागेको देखिन्थ्यो ।
म्यानह्याटनमा रकेफेलर सेन्टरको कार्यालय तथा शपिङ कम्प्लेक्सनेर यो घटना भएको थियो ।
उक्त घटनापछि त्यो व्यक्ति फ्लोरिडा भागेको हुनसक्ने प्रहरीको अनुमान छ । ऊ पचासदेखि ६० वर्ष उमेर हिस्पानिक जस्तो देखिन्थ्यो ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस्
द गार्डियन