सुर्खेत – सोमबार दिउँसो करिब पौने ४ बजे भे१ह २३०० नम्बरको टेम्पो वीरेन्द्रनगरस्थित खाद्य संस्थानको डिपोमा प्रवेश गर्यो । त्यहाँ रहेका केही व्यक्तिले फटाफट टेम्पोमा चामलका प्याक लोड गरे ।
आजको कान्तिपुर दैनिक लेख्छ–करिब तीन मिनेट दूरीमा पर्ने हटियालाइनस्थित एक पसलमा पुगेर टेम्पो रोकियो । ‘दसैं, तिहार, छठको शुभकामना’ लेखिएको ठूलो ब्यानरले रेस्टुरेन्टको नाम छपक्कै ढाकिएको थियो, जहाँ संस्थानको चामल भरिभराउ देखिन्थ्यो ।
जहाँ करिब ५० बोरा चामल देखिन्थ्यो । नेपाल खाद्य संस्थानले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको ‘सुपथ मूल्य पसल’ बाट सस्तोमा लगेर महँगोमा बजारमा बिक्री गर्ने उदाहण यो एक्लो एउटा मात्रै होइन। हरेक व्यक्तिले चाहे जति लिन सक्ने प्रावधानले सर्वसाधारणभन्दा व्यापारीले लाभ लिइरहेका छन् ।