
काठमाडौं – घुससहित समातिएका र विभिन्न अनियमितताको आरोपमा पक्राउ परेका प्रहरी तथा कर्मचारीले भरिएको खबर छ ।
आज नयाँ पत्रिका दैनिक लेख्छ–पछिल्लो समय हरेका दिनजसो कर्मचारीहरु घुससहित पक्राउ परिरहेका छन् । कतिपय त दशैँको विदामा अदालत बन्द भइसकेपछि पनि पक्राउ परेका छन् ।
आइतबार मात्रै अख्तियारले एक उपसचिव, एक इन्सपेक्टर र एक सिपाहीलाई पक्राउ गरेका थियो ।
हिरासत भरिएपछि पक्राउ परेकाहरुलाई अख्तियारले प्रहरी कार्यालयका हिरासतहरुमा समेत राख्ने गरेको छ।