
काठमाडौं – गुगलको उत्पादन यूट्यूब बुधबार बिहान केहीघण्टा डाउन भएको छ । युट्यूव नेपालसहित विश्वभर डाउन भएको जनाइएको छ ।
यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ ।
‘तपाईहरुले यूट्यूवको बारेमा गरेको रिपोर्टका लागि धन्यवाद । हामी यो समस्या समाधानका लागि काम गरिरहेका छौं र यसबारे समस्या समाधान भएपछि जानकारी गराउने छौं । तपाईहरुमा परेको असुविधाको लागि क्षमापार्थी छौं ।’ कम्पनीले भनेको छ ।
प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो । योसँगै प्रयोगकर्ताहरुले यूट्यूटमा रिपोर्ट गरेर समस्याबारे अवगत गराएका थिए ।