२६ जेठ २०८३, मंगलबार

जोधपुरको महलमा निक र प्रियंकाको हुनेछ विवाह, मिति समेत सार्वजनिक

जोधपुरको महलमा निक र प्रियंकाको हुनेछ विवाह, मिति समेत सार्वजनिक

काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनासको बिहे कहिले होला भनी अनेकौं अनुमान चल्ने गरेका छन् । केही समयअघि मात्र उनीहरूले टीकाटालो गरेका थिए ।

टाइम्स अफ इन्डियामा छापिएको रिपोर्टअनुसार, प्रियंका र निकको बिहे जोधपुरको एक महलमा हुनेछ । विवाह समारोह ३० नोभेम्बरदेखि २ डिसेम्बरसम्म चल्नेछ । 

निक बिहेको तयारीका लागि भारत आइसकेका छन् । दुवैले बिहेको लोकेसन आफैं निश्चित गरेका हुन् । 

दुवैजना लामो समयदेखि सँगसँगै छन् । निक धेरैचोटि प्रियंकासँग डेटिङमा वा खेलको मैदानमा देखिएका छन् । 

निक जोनासको जन्मदिनमा एक शोका बेलामा प्रियंकाले निकलाई किस गरेको भिडियो पनि भाइरल भएको थियो । 

दुवैजनाका परिवार मज्जाले घुलमिल भइसकेका छन् । हिन्दू परम्पराअनुसार प्रियंका र निकको टीकाटालो १८ अगस्टमा भएको थियो । त्यतिखेर निकका मातापिता पनि उपस्थित थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्