
महोत्तरी –कुष्टरोगबाट पीडित ७० वर्षीय मरिचमान तामाङको परिवारलाई दशैं मनाउनका लागि बर्दिवास नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास ११ स्थित अतिगरिव तामाङको परिवारलाई दशैं मनाउनका लागि ३० किलो चामल, तीन लिटर खानेतेल, तीन किलो नुन, मरमसाला, एक/एकजोर कपडा र नगद पाँच हजार सहयोग स्वरुप मंगलवार साँझ उपलब्ध गराएको हो ।