२८ असार २०८३, आइतबार

एउटै शक्तिपीठमा चढे १५ हजार बोका बलि, संख्या गत वर्षभन्दा बढ्यो

कात्तिक १, २०७५
एउटै शक्तिपीठमा चढे १५ हजार बोका बलि, संख्या गत वर्षभन्दा बढ्यो
प्रतिकात्मक तस्वीर

जनकपुरधाम – शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । 

यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ । गत वर्ष १२ हजार ४४७ बोकाको बलि चढाइएको थियो । विभिन्न सङ्घसंस्थाको विरोधले गत वर्ष बलि चढाउने सङ्ख्यामा कमी आए पनि यस वर्ष बलि चढाउनेको सङ्ख्यामा पुनः वृद्धि भएको देखिएको छ । 

महावीर युवा कमिटीका अनुसार सो मन्दिरमा २०७३ सालमा १४ हजार ६१७ बोकाको बलि चढाइएको थियो । जनकवंशी राजाको कुलदेवी सो मन्दिरमा असत्यमा सत्य, अधर्ममा धर्म, अँध्यारोमा उज्यालो प्राप्ति तथा कार्यसिद्धि र मनोकामना पूर्णताका लागि बोकाको बलि दिने चलन छ ।

राजदेवीलाई महादुर्गा, महाकाली, महासरस्वती, महामाया चण्डिका, पार्वती, कौशिकी, जानकी र किशोरी नामले पनि पूजार्चना गर्ने परम्परा छ । अनिकालले गर्दा परेको विकट सङ्कटबाट मुक्तिका लागि राजदेवीको स्थापना गरिएको जनविश्वास पाइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्