०३ असार २०८३, बुधबार

दशैंका अवसरमा सामूहिक भोज

कात्तिक १, २०७५
दशैंका अवसरमा सामूहिक भोज

बलेवा-  दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । 

सबैको घरमा खसी काटेर दशैं मनाउने अवस्था भएको, हुनेखाने र हुँदाखानेको बीचको दशैं फरक हुने भएकाले यहाँका युवाहरुको सक्रितामा २० परिवारका लागि एकै ठाउँमा सामूहिक भोजको आयोजना गरिएको हो । 

गाउँका सबैलाई दशैंको महसूस गराउनको लागि कार्यक्रमको आयोजना गरीएको ती युवा बताउँछन् । 

बीस परिवारका लागि एउटा खसी काटेर सबै सदस्यलाई खानपिनको व्यवस्था मिलाएको थिया । 

“पछिल्लो समय दशैंको नाममा अत्याधिक खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ” जैमिनी–१ अर्खलापाटाका रविन्द्र शर्माले भन्नुभयो “दशैंलाई सबैको साझा र उल्लासमय पर्वको रुपमा विकास गर्नका लागि सामूहिक भोजको आयोजना गरीएको हो ।” 

सबैलाई पायक पर्नेबारीको पाटामा सेल रोटी पकाएर खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरी वृद्धवृद्धादेखि बालबालिकासम्मको सहभागीता गराइएको थियो । 

“कोही कामको खोजिमा देशविदेशमा, त कसैले गाउँघरमा नै खेती किसानी गरेर बसेका छौँ” अर्खलापाटकै पवन आचार्यले भन्नुभयो “एकै गाउँका दाजुभाईको बीचमा चिनजानसमेत नहँुने वातावराण बन्दै गएपछि सामूहिक भोज गर्दा चिनजान गर्ने अवसर पनि पाइयो ।” 

salt training

कमेन्ट गर्नुहोस्