×

NMB BANK
NIC ASIA

काठमाडौं– हिन्दू नेपालीहरुको महान पर्व दशैं शक्तिकी देवी दुर्गा भवानीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा विकसित भइरहेको छ । वर्षभरी कमाएको पैसा दशैंमा अत्यधिक खर्च गर्ने प्रचलन बढ्दो छ ।  खासगरी मासु र पेय पदार्थमा बढी खर्च गर्ने नेपालीहरुको संख्या बढिरहेको छ ।   

Muktinath Bank

फेरिँदो संस्कृति


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही वर्षपहिला सम्म धनाड्य वर्ग र केही जातीको  परिवारमा मात्रै पारिवारिकरुपमा मदिरा चल्थ्यो । यसमा पनि धनाड्यहरुले अत्यन्तै महंगो रक्सी पिउने गर्थे भने अन्य जातजाती र समुदायले घरेलु मदिरा सेवन गर्ने गर्थे । 


Advertisment
Nabil box
Kumari

तर, अहिले अवस्था फेरिएको छ । अहिले भोज भतेरहरु मदिराबिना अपूरो बन्न थालेका छन् । महिलाले मदिराको प्रयोग पहिला पहिला हुने गरेको थिएन तर, पछिल्लो समय छोरी बुहारीहरुले समेत सासु, ससुरा, छोरा बुहारी, श्रीमान् श्रीमतीसँगै बसेर सँगै पिउन थालिसकेका छन् । यसलाई सकारात्मक लिनेहरुले रमाइलो हो भने पनि मदिरा सेवनले धेरै बिकृति तथा अपराधहरु पनि बढेको छन् । 

Vianet communication

मंहगो रक्सीको माग बढ्दो

नेपालमा खासरी स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका देशबाट रक्सी आयात हुने गरेको छ । 
नेपालमा महंगा रक्सी सौखकै लागि समेत प्रयोग गर्ने गरेको छन् । महंगा ह्वीस्की तथा ब्रान्डेड मदिरा उत्पादन पूर्णरुपमा प्राकृतिक तरिकाबाट गरिने हुन्छ । तसर्थ यस्ता प्रकृतिका खासगरी फ्रान्स र स्कटमा उत्पादित मदिरा विश्वभर नै लोकप्रिय मानिन्छन् ।

पछिल्लो समय वाइनको खपत बढ्दै गएको उत्पादक तथा वितरकहरु बताउँछन् । नेपालमा टुर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभल लगायतका  ब्रान्डेड विदेशी महंगा वाइनहरु पाइन्छ । नेपालीहरुको क्रयशक्ति बढेसँगै अहिले महंगा रक्सीहरुको माग बढेको हो । 

३५ रुपैंया देखि ६ लाखसम्मको रक्सी नेपालमा

नेपालको उद्योगपति तथा सम्भ्रान्त परिवारले मंहगा रक्सीलाई आफ्नो इज्जतसँग जोडेका हुन्छन् । उनीहरुले महंगो रक्सी खोज्छन् । त्यही वर्ग लक्षित गरेर  नेपालमा ६ लाखसम्मको रक्सी उत्पादन हुन्छ । मदिराका सौखिनहरुका लागि नेपालमा ब्राण्डेड र महंगो रक्सी उत्पादन हुन थालेको नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेशप्रसाद श्रेष्ठले बताए । ‘मदिराको व्यपापार बढ्दो छ, नेपालमा ६ लाखसम्मको रक्सी हामीले लन्च गरेका छौं, राजस्वको समेत ठूलो हिस्सा ओगटेका छौं,’ श्रेष्ठले भने ।

नेपाली मदिरा व्यवसायी महासंघका महासचिव खड्काकाअनुसार नेपालमा चल्ने रक्सीका ब्राण्डहरुमध्ये कडाखालको रक्सीमा रुस्लान भोड्का बढी माग रहेको बताए । निम्नबर्गीय परिवारले सस्तो रक्सी खोज्ने र सम्भ्रान्त परिवारले महंगो रक्सी खोज्ने गरेको खड्काको भनाई छ ।  ३५ रुपैंयादेखि ६ लाखसम्मको रक्सी नेपालमा बजारमा रहेको उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x