०३ असार २०८३, बुधबार

आमाको गर्भाशयबाट छोरीले जन्माइन् बच्चा !

कात्तिक २, २०७५
आमाको गर्भाशयबाट छोरीले जन्माइन् बच्चा !

काठमाडौं – भारतको महाराष्ट्रमा रहेको पुणेमा एक महिलाले आफ्नी आमाको गर्भाशयबाट बच्चीलाई जन्म दिएकी छन् । 

डेढ वर्षअघि ती महिलाको गर्भाशयमा क्षति पुगेको थियो । त्यसपछि महिलामा उनकै आमाको गर्भाशय प्रत्यारोपण गरिएको थियो । 

गर्भाशय प्रत्यारोपणपछि बच्चा जन्मिएको विश्वमै यो १२औं घटना हो । यसअघि नौवटा यस्ता घटना स्विडेनमा र दुईवटा अमेरिकामा भएका छन् । 

गुजरातको बडोदरामा बस्ने २७ वर्षीया मीनाक्षीको गर्भाशय क्षतिग्रस्त भएको थियो । त्यसपछि उनकी आमाले गर्भाशय दान गर्ने निर्णय लिइन् । प्रत्यारोपणको केही महिनापछि मीनाक्षीको गर्भाशयमा भ्रूण सारियो ।

गर्भवती भएको ३१औं हप्तामा आमाको रक्तचाप र ब्लड सुगर बढ्न लाग्यो । जाँच्दा थाहा भयो, आमा र भ्रूण जोड्ने प्लासेन्टा तीव्र गतिमा बढिरहेको थियो । त्यो धेर बढ्दा बच्चालाई पोषण प्राप्त हुँदैनथियो । त्यसैले अपरेसन गर्ने निर्णय लिइयो । 

अपरेसन गर्ने चिकित्सक डा शैलेशका अनुसार, जन्मिँदाखेरी बच्चीको तौल १४ सय ५० ग्राम थियो । 

मीनाक्षीमा उनकी ४५ वर्षीया आमाको गर्भाशय प्रत्यारोपण गरिएको हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्