१९ असार २०८३, शुक्रबार

डाइबेटिज रोगका वरदान हो यो फल, केही महिनामा हुन्छ फाइदा

कात्तिक २, २०७५
डाइबेटिज रोगका वरदान हो यो फल, केही महिनामा हुन्छ फाइदा

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । 

जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । 
रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले थप फाइदा पुग्छ । 

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । 

जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछियो पाउडर जस्तो बन्ने छ । 

हल्का तातो पानीमा मिसाएर यसलाई पिउनुस् यसले फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ । 

जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ । 

मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ । 

जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ । 

मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । 
जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । 

आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गर्रिको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो । 

जामुनुको बोक्रा लगायत हटाएपछि बचेको हिस्सालाई सुकाएर यसको पाउडर बनाउनुस् । यस पाउडरलाई विहान बेलुका पानीको साथ खादा सुगर लेवल नियन्त्रणमा आउँछ ।

salt training

कमेन्ट गर्नुहोस्