२४ जेठ २०८३, आइतबार

पत्रकार मैनालीका छोरा दशैंको दिनदेखि बेपत्ता

कात्तिक ३, २०७५
पत्रकार मैनालीका छोरा दशैंको दिनदेखि बेपत्ता
सांकेतिक तश्वीर

काभे्रपलाञ्चोक-पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्ुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताउनुभयो । 

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले भन्नुभयो, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्