१९ असार २०८३, शुक्रबार

लेभान्टेसँग रियल मड्रिड स्तब्ध, सुखद हुन सकेन पछिल्लो ५ खेल

कात्तिक ४, २०७५
लेभान्टेसँग रियल मड्रिड स्तब्ध, सुखद हुन सकेन पछिल्लो ५ खेल

स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा  रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । 

रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको उक्त खेलमा  रियल मड्रिड २–१ ले पराजित भएको हो । 

लेभान्टेको जितमा छैटौं मिनेटमा लुइस मोरालेसले सुरुवाती गोल गरे । 

यस्तै  १३औं मिनेटमा लेभान्टेका रोजर मार्टीले पेनाल्टीबाट गोल गरे । 

पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा एक गोल गरेपनि त्यो पर्याप्त हुन सकेन । 

खेलको ७२ औं मिनेटमा मार्सेलोले गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याएपनि हार टार्न सकेनन् । 

रियलले पछिल्ला ५ खेलमा एक खेल पनि जित्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्