३१ जेठ २०८३, आइतबार

डिभी २०२० बारे अमेरिकी दूतावासले जारी गर्‍यो यस्तो सूचना

कात्तिक ४, २०७५
डिभी २०२० बारे अमेरिकी दूतावासले जारी गर्‍यो यस्तो सूचना

काठमाडौं— नेपालस्थित अमेरिकी दूतावासले भिसा कन्सल्टेन्सीको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । 

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै दूतावासले भिसा कन्सल्टेन्सीहरूको लहैलहैमा लागेर नक्कली प्रमाणपत्र पेश गरेमा सधैँभरका लागि अमेरिका जान अयोग्य बन्ने बताएको हो ।

दूतावासले बढी पैसा असुल्न खोज्ने भिसा कन्सल्टेन्सीहरूसँग सचेत रहन आग्रह गरेको छ । ‘भिसा कन्सल्टेन्सीहरू जहिले पनि तपाईँबाट बढी पैसा असुल्न खोजिरहेका हुन्छन् । उनीहरूको लहैलहैमा नक्कली कागजात लिने नगर्नुहोस् । उनीहरूले दिएका प्रमाणपत्रहरू कुनै कामका हुँदैनन् । यस्ता प्रमाणपत्रहरू पेश गर्नुभयो भने तपाईँ सधैँभरका लागि अमेरिका जानका लागि अयोग्य बन्नुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ । 

इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि खुलेको आवेदन २० कात्तिकमा बन्द हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्