०८ असार २०८३, सोमबार

रुससँगको आणविक सन्धिबाट अमेरिका अलग्गिने आशंकाबीच बोल्टनले गर्नेछन् रुस भ्रमण

कात्तिक ४, २०७५
रुससँगको आणविक सन्धिबाट अमेरिका अलग्गिने आशंकाबीच बोल्टनले गर्नेछन् रुस भ्रमण

काठमाडौं — अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मस्कोमा रुसका परराष्ट्रमन्त्री सर्गेई लाभ्रोभसँग आइतवार भेटघाट गर्ने भएका छन् । 

अमेरिकाले ऐतिहासिक आणविक हतियार सन्धिबाट अलग्गिने आफ्नो योजनाका बारेमा रुसलाई बताउने अपेक्षा छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच यस वर्ष हुने सम्भावित दोस्रो शिखर वार्ताको मद्देनजर बोल्टनको यो यात्रा हुन लागेको हो । 

बोल्टनले एक ट्वीट गरेर मस्को यात्राको घोषणा गरेका हुन् । उनले जुलाई महिनामा भएको शिखर सम्मेलनको कुरा झिक्दै हेल्सिन्कीमा शुरू भएको चर्चालाई जारी राख्ने बताए । 

उनले रुसका सुरक्षा परिषद् मन्त्री निकोलाई पेत्रुशेभलाई पनि भेट्नेछन् । 

न्युयोर्क टाइम्सले छापेको खबरअनुसार, ट्रम्प प्रशासन आगामी दिनमा रुसी नेताहरूलाई तीन दशक पुरानो इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेज ट्रीटीलाई छोड्ने तयारी गरेको बताउँदैछ । अमेरिकाले रुसमाथि सामरिक परमाणु हतियार बनाएर सन्धि उल्लंघन गरेको आरोप लगाएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्