२८ जेठ २०८३, बिहीबार

गूगल म्यापले खोल्यो पत्नीको धोकाको रहस्य, पतिले दिए पारपाचुके

कात्तिक ४, २०७५
गूगल म्यापले खोल्यो पत्नीको धोकाको रहस्य, पतिले दिए पारपाचुके

काठमाडौं — प्रविधिले मानिसको जीवन सहज बनाइदिएको छ तर यसबाट समस्याहरू पनि आउने गरेका छन् । 

प्रविधिका कारण एक जोडी पतिपत्नीले पारपाचुके गरेका छन् । गूगल म्यापका कारण पतिले आफ्नी पत्नी धोकेबाज भएको थाहा पाए । त्यसपछि पतिले पत्नीलाई पारपाचुके दिए । 

घटना पेरुको राजधानी लिमामा भएको हो । पतिले गूगल म्यापमार्फत बाटो खोज्दै गर्दा एक महिलालाई देखे । ध्यान दिएर हेर्दा ती महिला त उनकै पत्नी पो रहिछन् । 

पत्नी घर आएपछि पतिले त्यसको बारेमा सोधे । पत्नीले झूट बोल्न थालेपछि पतिले गूगल म्यापबाट लिइएको तस्वीर पत्नीलाई देखाए । 

अनि त पत्नीले विवाहेतर सम्बन्धका बारेमा स्वीकार गर्नैप–यो । तस्वीरमा महिला आफ्नो प्रेमीसँग कुर्सीमा बसेकी थिइन् र प्रेमीले उनको काखमा आफ्नो टाउको राखेको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्