
चितवन – दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् ।
चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २४ गते घटस्थापनादेखि कात्तिक ३ गते शनिवारसम्म भएका ती दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै ५६ जना घाइते भएका थिए ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शुशिलसिंह राठौंरका अनुसार नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्गमा भएको ती दुर्घटना मादक पदार्थ सेवन (मापसे) गरी तीव्रगतिमा सवारी चलाएका कारण भएका हुन् ।
दशैं शुरू भएसँगै दैनिक मापसे गरी सवारी चलाउने २० जनालाई नियन्त्रणमा लिई कारवाही गरिएको उनले बताए ।