२९ असार २०८३, सोमबार

कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

कात्तिक ४, २०७५
कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी
फाइल तस्बिर

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् । 
बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह, भारत बनारसका प्रवीण पहलमान, प्रेमनाथ पहलमान र रामविलास पहलमान, भारत पञ्जाबका सोनु पहलमान, भारत हरियाणाका सेरा पहलमान र भारत झाँसीका राहुल पहलमान विजयी भएको स्थानीयवासी डुमरलाल मेहताले जानकारी दिनुभयो । 
आज सम्पन्न्न प्रतियोगिता विजयीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष श्यामलाल मेहताले जानकारी दिनुभयो । प्रतियोगिता हेर्नका लागि सयौँ दर्शक आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्