२० असार २०८३, शनिबार

आफ्नै गतिमा बदलिँदैछ उत्तर कोरिया

कात्तिक २०, २०७४
आफ्नै गतिमा बदलिँदैछ उत्तर कोरिया
काठमाडौं, १६ फागुन — प्रसिद्ध समाचार च्यानल सीएनएनका संवाददाता विल रिप्लीले उत्तर कोरियाको बारेमा विगत १७ वर्षदेखि रिपोर्टिङ गरिरहेका छन् । हालै उनी उक्त देशको दशौंपल्ट रिपोर्टिङ गरेर फर्केका छन् ।


सीएनएनको अनलाइन संस्करणमा सोमवार प्रकाशित रिपोर्टिङमा रिप्लीले उत्तर कोरिया भ्रमणको विस्तृत जानकारी दिएका छन् ।

उनका अनुसार उत्तर कोरिया बाहिरी संसारका लागि बन्द नै छ तर रिप्ली र उनको टोलीले यो भ्रमणका क्रममा त्यहाँका सर्वसाधारणको जीवन बुझ्नका लागि ठूलो मौका पाए ।

ती व्यक्तिहरूलाई रिप्लीको टोलीले नै कुरा गर्न छनोट गरेको थियो । सरकारी गाइडहरूलाई चाहिँ ती व्यक्तिहरूलाई अमेरिकी समाचार संस्थासँग बोल्नका लागि प्रेरित गर्न हम्मेहम्मे परेको थियो ।

उत्तर कोरियामा सूचनाको स्रोत भनेको राज्यनियन्त्रित सञ्चारमाध्यम मात्र भएपनि उत्तर कोरियाका जनताको वास्तविकतालाई सीएनएनले पत्ता लगाउने कोशिश ग–यो ।

सीएनएनले उत्तर कोरियाको राजधानीको सडकमा प्योङयाङबाट २० मिनेटको फेसबूक लाइभ समेत गरेको थियो ।

प्योङयाङका व्यस्त सडकहरूमा यसअघि भिडियो खिच्न मनाही गरिएको भएपनि सीएनएनले यसपालि सडकमा जोकोहीसँग अन्तर्वार्ता लिन सफल भएको थियो ।

उत्तर कोरियाका डिपार्टमेन्ट स्टोरहरूमा विदेशी ब्रान्डका हर्मिज, वर्साचे, गुच्ची लगायतका कपडाहरू किन्न पाइन्छन् । विदेशी विद्युतीय सामान पनि यहाँ पाइन्छन् ।

यहाँका मानिसले केही खान पाउँदैनन् भन्ने विदेशीहरूले धारणा बनाएका भएपनि प्लेटभरि खाना खाने सयौं व्यक्तिलाई सीएनएनले भेटेको थियो । तर राजधानी शहरको जीवनस्तर हेरेर पूरै देशको स्थिति आँकलन गर्न सकिन्न ।

सीएनएनले अनाथहरू पढ्ने एक विद्यालय घुम्ने मौका समेत पाएको थियो । ती अनाथ बालबालिका सर्वोच्च चेता किमलाई पितातुल्य मान्छन् । उनीहरूलाई सरकारले टन्न खान दिन्छ । उनीहरूलाई सरकारको इमान्दार सेवकका बनाउनेगरी लालनपालन गरिँदैछ । उनीहरू गाडी हाँक्न, कम्प्युटर चलाउन तथा खाना पकाउन समेत त्यहाँ
सिकिरहेका छन् । पछि उनीहरूलाई काम लाग्ने शिक्षा हुन् यी ।

तर यहाँ अझै पनि मानिसहरूलाई इन्टरनेटमा पहुँच छैन । उनीहरूले अन्तर्राष्ट्रिय कल पनि गर्न पाउँदैछन् । बाहिरी संसारका बारेमा थाहा पाउन उनीहरूले सरकारी सञ्चारमाध्यमको मात्र भर पर्नुपर्छ ।

सानै उमेरदेखि उत्तर कोरियालीहरूलाई अमेरिकाले कुनै पनि बेलामा आक्रमण गर्न सक्छ भनी पाठ पढाइएको छ । सरकारले आणविक हतियारमा लगानी गर्नका लागि यही आक्रमणको त्रासलाई जायज कारण मान्दै आएको छ ।

यही आधारमा शासक किम परिवारले आफ्नो वंशराजनीति चलाउँदै आएको छ । हुन त उत्तर कोरिया बिस्तारै खुल्दैछ तर आफ्नै शर्तमा ।

salt training

कमेन्ट गर्नुहोस्