३१ असार २०८३, बुधबार

नोकियाले ग–यो पुनरागमन, ल्यायो नयाँ फोन

कात्तिक २०, २०७४
नोकियाले ग–यो पुनरागमन, ल्यायो नयाँ फोन
काठमाडौं, १६ फागुन — कुनै समयमा विश्वसनीयता कमाएको नोकियाले नयाँ फोन बजारमा ल्याएको छ ।


नोकिया ३३१० एक दशकदेखि बजारमा उपलब्ध थिएन । तर अहिले यही मोडेललाई रंगीचंगी रूपमा पुनः बजारमा ल्याइएको हो ।

नयाँ फोन जम्मा पाँच हजार रुपैयाँ पर्छ । स्पेनको बार्सिलोनामा भएको एक एक्स्पोमा यसलाई सार्वजनिक गरेको थियो ।

यो स्मार्टफोन भने होइन । मोबाइल फोनको क्षेत्रमा यसलाई फीचर फोन भनिन्छ । यसमा स्मार्टफोनका क्षमता नभएपनि पहिलाको मोडलको तुलनामा यसलाई अपग्रेड गरिएको छ । यसमा क्यामरा, कलर स्क्रीन र एमपी३ प्लेयर थपिएको छ ।

पहिलाको नोकियाको विशेषता भनेको हत्तपत्त नफुट्ने र ब्याट्री लाइफ लामो हुने थियो । त्यही भएर नोकियाले धेरैको मन जितेको थियो ।

तर पहिलेको फोन जस्तो टिकाउ यो नयाँ मोडेल हुन्छ कि हुँदैन, समयले नै बताउला ।

ब्याट्री लाइफको कुरा गर्दा स्ट्यान्डबाईमा राख्दा यो एक महिना टिक्ने अनि कुरा गर्दा लगभग २२ घन्टा टिक्ने बताइएको छ ।

पुरानो मोडेलमा रहेको स्नेक भन्ने खेल अहिलेको फोनमा पनि छ तर यसलाई रंगीन बनाइएको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्