०२ साउन २०८३, शनिबार

कोहलीले भने, केही वर्ष मात्र क्रिकेट खेल्छु

कात्तिक ५, २०७५
कोहलीले भने, केही वर्ष मात्र क्रिकेट खेल्छु

भारतीय क्रिकेटका कप्तान विराट कोहलीले वेष्टइन्डिज विरुद्धको पहिलो वानडेमा उत्कृष्ट पारी खेल्दखै आफ्नो करियरको ३६ औं वानडे सतक प्रहार गरेका छन् । कोहलीले १४० रन बनाए  ।

१०७ बलको पारीमा उनले २१ चौका र दुई छक्का प्रहार गरेका थिए जसका लागि कोहलीलाई म्यान आफ द म्याचको अवार्ड प्रदान गरिएको थियो । 

वेस्टइन्डिज विरुद्ध ८ विकेटको जीतपछि कोहलीले आफ्नो खेल अब केही वर्षका लागि मात्र भएको बताएका छन् । 

कोहलीले भने, ‘यस खेलको आनन्द लिनका लागि मेरो करियरमा केही वर्षमात्र बचेको छ ।’

कोहलीले खेल प्रति इमान्दार हुन जरुरी रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्