
काठमाडौं — साउदी अरब नेतृत्वको गठबन्धन सेनाले दुई फरक फरक ठाउँमा हवाई आक्रमण गरेपछि हूती समूहका नेताहरूसहित ४५ लडाकूको मृत्यु भएको छ ।
गठबन्धन सेनाले आइतवार होदियाह शहरमा हूती नेताहरूको एक बैठकलाई निशाना बनाएर हवाई आक्रमण गरेको थियो । त्यसमा १५ हूती नेता मारिए र अन्य धेरैजना घाइते भए ।
अनि सेनाले दुरईहेमीमा हूती समूहका अन्य स्थानमा हवाई आक्रमण गरेपछि ३० हूती लडाकू मारिए ।
एजेन्सी