
दुल्लु – मदिराको झोकमा पत्नीको हत्या गर्ने १ व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका–४ का ५१ बर्षीया शेरबहादुर पुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले पत्नी ५३ वर्षीया शान्ति पुनको हत्या गरेका हुन् ।
दशैको टिकाको दिन बिहानैदेखि पतिपत्नी दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबै जनाबीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर पत्नीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
उनका अनुसार छिमेकीको घरमा पतिपत्नी र छोरासँगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफूहरू घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताए । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।