२४ जेठ २०८३, आइतबार

कांग्रेस महासमिति बैठक निर्धारित मितिमा हुनेमा आशंका

कात्तिक ६, २०७५
कांग्रेस महासमिति बैठक निर्धारित मितिमा हुनेमा आशंका

काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा हुनेमा केन्द्रीय सदस्यहरुले आशंका व्यक्त गर्न थालेका छन् । केन्द्रीय समिति बैठक नै अनिश्चित भएको भन्दै उनीहरुले यस्तो आशंका व्यक्त गरेका छन् । 

सभापति शेरबहादुर देउवाले नेविसंघमा ३२ बर्षे उमेर हद बहुमतका आधारमा पारित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले ’नोट अफ डिसेन्ट’ लेखेका थिए । 

त्यसपछि गत असोज २५ गतेका लागि बोलाइएको बैठक उनीहरुले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चितकालका लागि स्थगन गरिएको छ ।, कारोबारमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्